
काठमाडाैँ, ५ साउन । चलचित्र निर्माता छबिराज ओझा र शिल्पा पोख्रेलविरुद्ध वहुविवाहको मुद्धा परेको छ ।
ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा दायर गरेकी हुन् ।
दुई सन्तान (२ छोरा) की आमा हेमाले श्रीमान ओझा र पोखरेलबिरुद्ध आइतबार महानगरीय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।
अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पाविरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन् ।
आफूमाथि घरेलु हिंसा भएको भन्दै शिल्पाले गत साता श्रीमान छविराज ओझाविरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसपश्चात् शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल दर्ता गरेकी छन् ।
हेर्नुहाेस् हेमाले दायर गरेको मुद्धा :
















प्रतिक्रिया