४ कार्तिक २०८३, बुधबार

जसलाई बार गर्ल र सेक्सी अवतारमा मात्र रुचाइयो

10.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बलिउड उद्योगमा विन्दास अनि हट अवतारमा प्रस्तुत हुने नायिका हुन् माही गिल। ४० बढी फिल्ममा अभिनय गरिसकेकी माही आफूलाई वास्तविक जीवनमा निकै लजालु स्वभावकी भएको मान्छिन्। उनी एक दबंग महिलाहरूको सूचीमा पनि अटाउने गरेकी छन्।

तर, माही आफूले निर्वाह गर्दै आएको अभिनयबाट थाकेकी छन्। उनले बिबिसीसँग भनेकी छन्, ‘यदि कोही बार गर्ल वा सेक्सी गर्ल अर्थात त्यसप्रकारका दृष्यहरूमा मलाई फिल्म मेकहरूले सम्झनु हुन्छ, बोलाउनु हुन्छ। अथवा केही यौन कर्मी या मदिरा सहितको अभिनयमा माही अर्थात् मलाई बोलाउछन्।’

माहीले अबको यात्रामा त्यसप्रकारका क्यारेक्टरबाट छुटकारा लिने बताएकी छन्। ‘यस्ता क्यारेक्टर आइरहन्छन् तर अब मलाई नयाँ केही गर्नु छ’, उनले भनिन्।

करिब दशक लामो समय बलिउड क्षेत्रमा विताएकी माही आफ्नो कामप्रति सन्तुष्ट छैनन्। टाइप काष्टका रुपमा दशक विताएकी माही टाइपकाष्टबाट र सपोर्टीङ क्यारेक्टरबाट माथि उठ्न चाहान्छिन्। तर, उनले भने जस्तो क्यारेक्टरका लागि अफर नै कम आँउछ।

बार गर्ल र आइटम काष्ट भन्दा पनि पारिवारीक क्यारेक्टरमा आफूलाई प्रमाणीत गर्न रुचाउने माही जीवनमा चाहे जस्तो गर्न नपाएकोप्रति चिन्तित छन्। उनी कुनै समय डिप्रेसनको सिकारसम्म भइन्। यद्यपी अब भने करियरमा केही नयाँ गर्ने सोचमा छन् माही।

फिल्म ‘फेमिली अफ ठाकुरजंग’ मा माही भिन्न रुपमा देखिँदैछिन्।