४ कार्तिक २०८३, बुधबार

डाेपिङ काण्डमा केन्याकी धाविका बिवोटलाई ८ वर्षको प्रतिबन्ध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ३ साउन । केन्याकी धाविका सलोम बिवोटलाई ८ वर्षको प्रतिबन्ध लगाइएको छ । दोस्रो पटक डोपिङ टेस्टमा असफल भएपछि उनलाई ८ वर्षको प्रतिबन्ध लगाइएको हो ।

एथ्लेटिक्स इन्टीग्रिटी यूनिटले ३६ वर्षीया धविका बिवोटले साओ पाउलो अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिबन्धित एनाबोलिक स्टेरायड सेवन गरेको जनाएको छ ।

उनी यसअघि २०१२ मा पनि डोपिङ परीक्षणमा असफल भएकी थिइन् । त्यतिबेला उनीमाथि २ वर्षको प्रतिबन्ध लागेको थियो ।

२ वर्षको प्रतिबन्ध पछि एथ्लेटिक्स ट्रयाकमा उत्रीएकी उनी पुनः डोपिङ परीक्षणमा असफल भएपछि ८ वर्षको प्रतिबन्ध लागेको हो । केन्याकी उनी लामो प्रतिबन्धमा पर्ने तेस्रो खेलाडी हुन् ।