४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक र मेघा हस्पिटलबीच सम्झौता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । एनआईसी एशिया बैंक लिमिटेड र मेघा हस्पिटल प्रालि धोबिघाट, ललितपुरबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा सम्पूर्ण ग्राहकलाई मेघा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्म र फार्मेसीमा १० प्रतिशतसम्मको छुट प्राप्त हुने छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल विजनेश विभागका इन्चार्ज रौनक करवा र मेघा हस्पिटलको तर्फबाट हस्पिटलका अध्यक्ष किशोर जंग राणाले हस्ताक्षर गरे ।

बैंकले मुलुकभर २ सय ९२ शाखा कार्यालय, ३ सय २ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।

साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै उनले बताए ।