काठमाडौं, २ साउन । सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको शुभारम्भ गरेको छ ।
ताम्राकार कम्पेल्क्स को तेश्रो तलामा स्थान्तरीत यस नया सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लाबाट संचालित थियो ।
सेन्टरको शुभारम्भ मा सामसङ नेपालका उपाध्यक्ष वाई वि वन र आइ एम एसका प्रेशिडेन्ट दीपक मलोहत्रा, आई एम हेड प्रण्नय रत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आई एम एस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ्ग लगायतका अतिथीहरू उपस्थित थिए ।
विक्रीपछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहक मुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो आधिकारिक सर्भिस् सेन्टर काठमाडौंको ताम्राकार कम्पेल्क्समा स्थानान्तरित गरेको छ ।
उक्त सेन्टरमा सर्भिस सेन्टरमा ५ बाट १० काउन्टरसम्म वृद्घि गरिएको छ । यसका साथ साथै तेश्रो र चौथो तल्लामा भि आई पि कस्टमर (फ्लेगसिप फोन) को लागि छुटै काउन्टरको व्यवस्था गरिएको छ ।















प्रतिक्रिया