४ कार्तिक २०८३, बुधबार

‘गलबन्दी’ जस्तै गीत चोरी काण्ड प्रहरीसम्म पुग्यो, चलेका संगीतकार फन्दामा परे

47.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीत चोरीको आरोप खेप्दै आएका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको छ ।

संगीतकार बास्कोटाले ल्याएको ‘समाचार’ नामक गीतमा अरुकै संगीत लिएको आरोप लागेको छ ।

गायक तथा संगीतकार बिक्की महतले झण्डै दश महिना अगाडि रेकर्ड गराएको गीत ‘बुझाई देउन’सँग ‘समाचार’को संगीत मिल्न गएको दाबी उजुरीमा गरिएको छ ।

महतले बास्कोटसँग प्रतिलिपी अधिकारको विषयमा छलफलको लागि प्रयत्नरत रहेको निवेदनमा उल्लेख छ ।

प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा भने अहिलेसम्म यो रिपोर्ट पुगिसकेको थिएन ।

प्रहरी प्रशासनबाट चित्तबुझ्दो नतिजा नआएपछि सोमबार भने महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेका छन् ।

यसअघि पनि उनलाई ‘ईन्सटाँको फोटो’ भन्ने गीतमा उनलाई संगीत चोरिको आरोप लागेको थियो ।

केही समय अगाडि ‘गलबन्दी’ गीतको लय चोरी गरेको अभियोगमा गायक प्रकाश शपुत फन्दामा परिसकेका छन् । प्रकाशले शम्भु राईको गीत चोरी गरेको पुष्टि भएपछि गलबन्दी गीतमा लयमा राईको नाम पनि राख्ने सहमति गरेर कुरा मिलेको थियो ।