
काठमाडौँ, ३१ असार । कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेस संघले आगामी असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ को आयोजना गर्ने भएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरी चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष जीवन गिरीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ ।
प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि अध्यक्ष गिरीले जानकारी दिए । प्रतियोगितामा जम्मा १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म प्रतियोगितालाई सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको पनि उनले जनाए ।
उनले आफूले प्रतियोगिताको शोभा तथा गरिमा बढाउनको लागि भारतबाट अन्तर्राष्ट्रिय बडी बल्डिङ कोच तथा भारतीय सत्तारुढ दल भाजपाका नेतासमेत रहेका सुवास भदानालाई निमन्त्रणा गरिएको सुनाए ।
गिरीले भारतको आसाममा हुन गैरहेको ‘वल्र्ड पावर लिफ्टीङ च्याम्पियनसिप’ मा नेपालबाट छनौट गरेर लैजानेपनि घोषणा गरे ।















प्रतिक्रिया