१ कार्तिक २०८३, आइतबार

ओलम्पिक एसोसिएसन अफ सिक्किमद्वारा खेलाडीहरू अभिनन्दित

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक । सिक्किम ओलम्पिक एसोसिएसनले पहिलो पूर्वोत्तर ओलम्पिक खेलमा सिक्किमलाई मेडल दिलाउने  ४० जना खेलाडीहरूलाई अभिनन्दन गरिएकाे छ ।

राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियम परिसरमा रहेको एक होटेलमा आयोजित कार्यक्रममा सिक्किम सरकारका खेल एवं युवा मामिला विभागका मन्त्री कुङ्गा नीमा लेप्चा मुख्य अतिथि थिए भने सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष बीके रोकालगायत एसोसिएसनका सदस्यहरूको उपस्थिति रहेको थियो ।

वर्ष  २०१८ को अक्टोबर २४ देखि २८ सम्म मणिपूरमा भएको पूर्वोत्तर ओलम्पिक खेलमा सिक्किमको निम्ति कूल २८ वटा जित्ने खेलाडीहरूलाई मुख्य अतिथि लेप्चाको बाहुलीबाट स्मृति चिन्ह अनि पाँच हजार रुपियाँको चेक प्रदान गरिएको थियो ।

ओलम्पिकमा सिक्किमका खेलाडीहरूले एउटा स्वर्ण, ७ वटा रजत अनि १७ वटा काश्य पदक ल्याएका थिए । सिक्किम ओलम्पिक एसोसिएसनले यसवर्ष आफ्नो एसोसिएसनसँग एफिलेट गरिएका १८ वटा खेल संस्थानहरूलाई पनि बीस हजार रुपियाँको अनुदान राशी प्रदान गरेको थियो ।

खेलाडीहरूलाई सम्बोधन गर्दै सिक्किम ओलम्पिक एसोसिएसनका अध्यक्ष बीके रोकाले ओलम्पिक एसोसिएसनसँग संबद्ध खेल एसोसिएसनका प्रशिक्षकहरूलाई केही महिनामा प्रशिक्षक प्रशिक्षण र अन्तरक्रियाको निम्ति मणिपूर पठाउने जानकारी दिए। उनले एक पल्टमा ४ देखि ५ वटा एसोसिएसनका प्रशिक्षकहरूलाई पठाउने पनि बताए।

खेलाडीहरूलाई सम्बोधन गर्दै एसोसिएसनका अध्यक्ष बीके रोकाले आउँदो नोभेम्बर महिनामा गोवामा हुने नेश्नल गेमको निम्ति तयारी गर्ने अपील गरे ।

उनले वर्ष २०२० मा अरुणाचल प्रदेशमा हुने दोस्रो पूर्वोत्तर ओलम्पिक खेलको निम्ति पनि विभिन्न खेल एसोसिएसन र खेलाडीहरू तयार हुने आग्रह गरेका छन् ।

अध्यक्ष रोकाले सिक्किममा स्पोर्टस् कम्प्लेक्सको निम्ति पहिले पनि पहल गरिएको अनि अहले पनि एसोसिएसन यस विषयमा खेल विभागका मन्त्री समक्ष पनि कुरा उठाएको बताएका छन् ।

यसरी नै उनले इण्डियन नेशनल गेम्समा बक्सिङको निम्ति सिक्किमका दुई खेलाडी सन्ध्या गुरुङ र मुकेश राई राष्ट्रिय प्रशिक्षक चयनित गरिएको पनि जानकारी दिए ।