
काठमाडौँ, २९ असार । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ११ लाई तेस्रो रंग ‘ज्वेलरी ह्वाइट’मा सार्वजनिक गरेको छ ।
पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दुई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो । यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ ।
तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले पनि पछिल्ला मोडलले झैँ उपभोक्ताको निरन्तर माया पाउनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
‘हामी वैश्विक ब्राण्ड हाैँ, त्यसैले ओपोमा उपभोक्ताका आवश्यकता र चाहना हाम्रा लागि सँधै महत्वको विषय हो । उपभोक्ता सन्तुष्टि नै हाम्रो प्रथम प्राथमिकता हो । रंगले कुनै न कुनै तवरमा मानिसको व्यक्तित्वको पनि प्रतिनिधित्व गर्छ भन्ने हाम्रो विश्वास छ’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘नयाँ रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक एफ११ को यो संस्करणले थप उपभोक्तालाई सन्तुष्टि प्रदान गर्नुका साथै नेपाली बजारमा हामीलाई अझ माया र हौसला प्रदान हुने हामीले आशा लिएका छौँ ।’
सार्वजनिक भएसँगै एफ११ सिरिजका स्मार्टफोनलाई नेपाली बजारमा कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी क्षमताका तथा यसमा सामाहित विभिन्न नवप्रबर्तनात्मक प्राविधिहरुका लागि निकै सराहना तथा माया प्रदान गरिएको छ ।
फोनमा उपभोक्तालाई सहज तथा त्रुठीरहित प्रयोग अनुभव प्रदान गर्ने उद्देश्यका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ओपोको एफ११ सिरिजले समग्र एफ सिरिजलाई नै नयाँ उचाई प्रदान गरेको छ ।
नयाँ सिरिजले मोबाइल फोन्सका साथै ओपोलाई समेत ‘सेल्फी एक्स्पर्ट’बाट ब्रिलियन्ट ‘पोट्रेट ईन लो लाइट’का रुपमा स्तरोन्नति गरिदिएको मानिन्छ ।















प्रतिक्रिया