बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

मुक्तिनाथ विकास बैंक र चिरायु अस्पतालबीच सहकार्य

दैनिक नेपाल २०७६ असार २७ गते १३:२०

काठमाडौँ, २७ असार । मुक्तिनाथ विकास बैंक लिमिटेड र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्थाग रिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गरिरहेको छ ।

यस्तै, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।

हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित