बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

इन्दिरा गैरेको तीज काेशेली : शिरफूलमा अञ्जलीको दमदार नृत्य (भिडियोसहित)

दैनिक नेपाल २०७६ असार २७ गते १२:०१

काठमाडाैँ ।  लोक तथा दोहोरी गायिका इन्दिरा गैरेले यस वर्षको तीज पर्वलाई लक्षित गर्दै तीज गीत कोरियन साडी-२ शिरफूल बजारमा ल्याएकी छन् ।

तीजको रौनक नजिकै आएकाले अलिकति फरक किसिमको गीत लिएर आएको गायिका गैरे बताउँछिन् । गीतमा माैलिकपन रहेको उनको दाबी छ ।

गायिका गैरेकै अघिल्लो वर्षको गीति संग्रह कोरियन साडीले बजारमा सर्वाधिक चर्चा भएको थियो । यसअघि उनले दर्जन बढी गीत बजारमा ल्याइसकेकी छन् । सबै गीत राम्रो चर्चा पाएका छन् ।

ताजा इन्टरटेन्मेन्ट मार्फत बजारमा आएको यो वर्षको गीतमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर रहेको छ । जसमा लय तथा शब्द लोकप्रिय सर्जक शरद पाण्डेको रहेको छ भने एरेन्ज सुदिप सागरले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको दमदार अभिनय रहेको छ । गीतमा निर्देशन तथा कोरियोग्राफर काजिश श्रेष्ठले गरेका छन् ।

छायांकन सागर गौतम र सम्पादन दिपक बिष्टको रहेको छ । गीतको दृश्य निर्माण सू्र्यविनायक फिल्मसले गरेको छ । सार्वजनिक भएको केही समयमै यो गीतले युट्युवमा समेत राम्रो चर्चा पाएको छ । गीत तथा भिडियो राम्रो बनेकोले गीतले चर्चा पाउने  गायिका गैरको विश्वास छ ।

हेर्नुहाेस् भिडियो :

प्रतिक्रिया
सम्बन्धित