बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

‘सिपाहीकी स्वास्नी’ बनिन् गरिमा पन्त

दैनिक नेपाल २०७६ असार २६ गते १२:५१

सुर्खेत । निर्मल पौडेलद्धारा निर्देशित लघु फिल्म ‘सिपाहीकी स्वास्नी’ सार्वजनिक भएको छ । कथाकार महेशविक्रम शाहको कथा ‘सिपाहीकी स्वास्नी’मा आधारित फिल्म आइफ्लिक्सबाट सार्वजनिक भएको हो ।

फिल्ममा चलचित्र ‘झोला’की नायिका गरिमा पन्तको मुख्य भूमिका रहेको छ । १० वर्षे सशस्त्र द्वन्द्वमा एउटा सिपाहीको स्वास्नीको अवस्था कस्तो रहेको थियो भन्ने विषय फिल्ममार्फत देखाइएको छ ।

फिल्ममा युद्धमा गएका श्रीमानको पर्खाइमा हरेक दिन त्राससंग बाँचिरहेकी एउटा श्रीमतीले दैनिक जीवनमा कस्तो भोगाई महशुस गर्छिन भन्ने विषय उजागर गरेको निर्देशक पौडेलले जानकारी दिए ।

फिल्ममा शोभा त्रिपाठी, सरु दाहाल, प्रशान्त दाहाल लगायतका कलाकारले मुख्य भूमिका रहेको छ । निर्मल फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता रीता पौडेल र नरहरि पौडेल हुन् भने पटकथा लेखन निर्मल पौडेल र रितेश गुरुङले संयुक्त रुपमा गरेका छन् ।

फिल्मको छायांकन अमृत केसी तथा सम्पादन अधिनायकमान शेरचन र रङ संयोजन अनन्त घिमिरेले गरेका हुन् । त्यस्तै,  भिएफएक्स निरज पौडेल र साउन्ड डिजाईनिङ/मिक्सीङ् श्रवल आरपीले गरेका छन् ।

फिल्म आइफ्लिक्स एप्स डाउनलोड गरेर हेर्न सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित