
नायिका खुश्वु खड्काले भरखरै अशोक शर्माद्वारा निर्देशन गरिएको सिनेमा ‘रातो टीका निधारमा’को छायाँकन सिध्याएर काठमाडौं आएकी छिन् । उनी यो फिल्मको कथा, निर्माण पक्ष र अन्य प्राविधिक पक्षबाट निकै उत्साहित छिन् । ‘उहिले बाजेको पाला’देखि ‘रातो टीका निधारमा’सम्मका सिनेमाबाट आफूले धेरै सिक्ने मौका पाएको बताउने खुश्बुले विवाहका लागि हतार छैन भन्छिन् । उनले ब्वाई फ्रेड बनाएर विवाह गर्ने सोँच बनाएकी छिन् । त्यसका लागि भगवानले साथ दिनुपर्ने उनको भनाइ छ । नायिका खुश्वु खड्कासँग उनको दश वर्षे सिनेमा यात्राका विषयमा हाम्रा सहकर्मी विमल योगीले नायिका खुश्वु खड्कासँग गर्नुभएको अन्तर्वार्ताको सम्पादित अशंः
पछिल्लो पटक कुन फिल्म खेल्नु भएको छ ?
मैले अभियन गरेको पछिल्लो फिल्म ‘रातो टीका निधारमा’ हो । भरखरै छायाँकन सकाएर आएको छु । शुटिङ झापाको विर्तामोड, इटहरी, काँकडभिट्ट लगायतका स्थानमा सकेर बसेको छु ।
तपाईका फिल्महरू धेरै चलेनन् भन्ने टिप्पणी छ नि ?
सिनेमाहरू चलेनन् भनेर कसरी भन्ने ? कुन चाहिँ सिनेमा चलेने भन्ने ? कुन चाहिँ सिनेमा चलेको छ जस्तो लाग्छ तपाईलाई ? त्यस्तो होइन । औसतमा राम्रो छ । मैले अभियन गरेका फिल्महरू नचलेको भने होइन । अपवादलाई छाडेर सबै सिनेमा दर्शकहरूले मन पराइदिनु भएकाे छ । फिल्मले कति मार्केट लिन्छ ? कति पैसा कमाउँछ ? कति पब्लिसिटी गरिन्छ ? भन्ने कुरामा पनि फिल्म चल्ने हुन्छ ।
कुन–कुन फिल्म खेल्नु भएको छ ?
धेरै फिल्म खेलेको छु । उहिले बाजेको पालामा, भ्रम, सुकुल गुण्डा, सिस्टम, दीपज्योतिलगायतका सिनेमामा अभियन गरेको छु । ती फिल्महरू चलेका छन् ।
तपाईलाई ठूला ब्यानरका फिल्ममा निर्माता र निर्देशकले सिनेमा खेल्न अफर गरेनन् हो ?
कस्तोलाई ठूलो ब्यानरको भन्ने ? सुदर्शन थापाले मुभि गर्ने बेलामा लुट सिनेमा कुनै ब्राण्डबाट आएको होइन । यस्ता फिल्महरू थुप्रै खेलेको छु । त्यस्ता सिनेमालाई सानो ब्यानर भन्ने कि ठूलो ब्यानर भन्ने ? मैले सबै प्रकारका सिनेमा खेलेको छु । राम्रा फिल्म खेलेको छु । त्यसलाई नै मेरो सफलता मानेको छु ।
सिनेमामा प्रोफेश्नल मानिसहरूले काम गरेका हुन्छन् । उनीहरूको दक्षतामा प्रश्न उठाउनु हुँदैन । सिनेमा चल्नु र नचल्नुमा मेरो हातमा हुँदैन । सिनेमा चल्नुमा टिमको कुरा पनि हुन्छ । हो सिनेमाकाे सफलता र असफलता मेरो भागमा कति पर्छ त्यो कुरालाई म शेयर गर्न चाहन्छु ।
अहिले रिलिज हुँदा सिनेमाहरू जुध्ने क्रम बढेको छ । सकेसम्म सिनेमा नजुधाउँदा राम्राे । सिनेमा रिलिज गर्दा विभिन्न बाधा ब्यवधान हुने गरेको सुनेको छु । देशको राजनीतिक अवस्थाले गर्दा पनि सिनेमालाई असर परिरहेको हुन्छ ।
हालै ‘रातो टीका निधारमा’ डिजिटल मेकरबाट बनेको सिनेमा हो । अशोक शर्मा दाईको सिनेमा भरखरै सकेर बसेको छु । मलाई पत्याएर हो कि अरु कुनै कारणले हो मलाई अबसर दिनुभएको छ ।
सिनेमा खेल्न तपाईले माग्नु हुन्छ कि अफर आउँछन् ?
अलि अगाडि जति पनि सिनेमा गरे ती अप्सनमा गरेँ । कतिपय बजेटको कुरा हुँन्छन् । कसैको समयहरू मिल्दैन । खुश्वुलाई पनि लिएर काम गरौँ न त भन्ने हुन्छ । खुश्वुले पनि राम्रो काम गर्छ भनेर आएका सिनेमा हुन्छ । त्यही भएर त्यस्तो सिनेमाको लागि मेरै लागि भनेर स्क्रीप्ट तयार पारेर खुश्वुले नै काम गर्छ भनेर यो क्यारेक्टर खुश्वुलाई नै सुहाउँछ भनेर गरेको सिनेमा भनेको मेरो दश वर्षको अनुभवमा ‘रातो टीका निधारमा’ मात्रै हो । अरु सिनेमा अप्सनमै काम गरेँ ।
तपाई एउटी राम्री र चलेकी नायिका । फलानो नायक वा मोडलसँग फिल्म खेल्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
फिल्म खेल्नका लागि सबै कलाकार सक्षम हुनुहुन्छ । सबै कलाकार अनुभव भएका हुनुहुन्छ । चलेका कलाकार हुनुहुन्छ । तर मलाई मिलेर काम गरौँन भन्ने कलाकार भनेको प्रदीप खड्का नै हो । अहिले नयाँ कलाकारहरू आउनु भएकाे छ । उहाँहरू सबै राम्राे क्षमताका हुनुहुन्छ ।
तपाईलाई मोडलिङमा रुचि छ कि छैन ? म्युजिक भिडियो वा र्याम्पमा हिँड्न कतिको मन लाग्छ ?
मेरो अभिनय यात्रा सिनेमाबाट भएको हो । म्युजिक भिडियो थोरै मात्र गरेको छु । अहिलेसम्म र्याम्प शोहरूमा कहिँ पनि गएको छैन । म्युजिक भिडियोहरू दुई दर्जन जति गरेको छु । म्युजिक भिडियो गर्न रमाइलो लाग्छ । म्युजिक भिडियो र सिनमामा काम गर्न अलिकति भिन्नता छ ।
तपाई कति वर्ष भयो सिनेमा क्षेत्रमा लागेको ?
म सिनेमा क्षेत्रमा लागेको दश वर्ष जति भयो ।
यो अवधिमा कति वटा फिल्म खेल्नु भयो ?
‘रातो टीका निधारमा’सहित गरेर ९ वटा सिनेमा खेलेको छु ।
गीत संगीत मन पर्छ कि पर्दैन ? कस्ता खालका गीतहरू सुन्नु हुन्छ ?
मलाई सेन्टिमेन्टल गीत मन पर्छ । रोमान्टिक गीतहरू मन पर्छ । गीतहरू सुन्छु । सेन्टिमेन्टल गीतहरू अलिक धेरै मन पराउँछु ।
नेपाली संगीतकारहरू चिन्नु हुन्छ ?
चिन्छु । शम्भुजित बास्कोटा, बसन्त सापकोटालगायतका संगीत राम्रो छ ।
गायिकाहरू चिन्नु हुन्छ ?
चिन्छु । साहिमा श्रेष्ठ, अञ्जु पन्त, मेलिना राई, अञ्जीला रेग्मीलगायतका गायिकालाई चिन्छु ।
खानपिनमा के–के खानु हुन्छ ? खानपिनमा कत्तिको ध्यान दिनु हुन्छ ?
पानी धेरै पिउँछु । फिटनेशको लागि सबैभन्दा राम्रो भनेको पानी नै हो । फलफूलहरू खान्छु । तेल कम भएको खानेकुरा खान्छु । व्यायाम गर्छु ।
मासु खानु हुन्छ कि हुँदैन ?
म भेजिटेरियन होइन । थोरै थोरै खान्छु ।
मदिरा सेवन गर्नु हुन्छ कि गर्नु हुँदैन ?
म मदिरा खाँदिन । सुर्ती चुरो पनि खाँदिन ।
नायिकाहरू आजकाल जिम जान थालेका छन् । तपाई जानु हुन्छ कि हुँदैन ?
म राष्ट्रिय खेलाडी पनि हो । तेक्वान्दोकाे खेलाडी हुँ । म जिम नजाने भन्ने त कुरै हुँदैन । जिम जाने गरेको छु । तर, अहिले गएको छैन । कामको व्यस्तताले गर्दाखेरी अलिकति ग्याप भएको छ ।
फिल्म क्षेत्रमा लाग्नुको कारण के हो ?
बच्चदेखिको मेरो इच्छा थियो । सानैमा कलाकार बन्छु भन्ने चाहना थियो । रेखा थापा दिदीबाट म प्रभावित भएको थिएँ । रेखा दिदीको सिनेमाहरू हेर्ने गर्थेँ । फिल्म खेल्नुपर्छ भन्ने सानैदेखि लागेको थियो ।
फिल्म खेल्ने मात्रै हो कि बनाउनु हुन्छ पनि ?
फिल्म बनाउने भनेको कुरा पछिको कुरा हो । अहिले त काम गर्दै जाऔँ । हेरौँ । पहिला सिकौँ । सिनेमा क्षेत्रमा धेरै कुरा सिक्न बाँकी छ ।
सिनेमा बनाउन कत्तिको रहर छ ?
सिनेमा बनाइ हालौँ भनेर सोँच पलाएको छैन । हेरौँ भविष्यमा के हुन्छु !
सिनेमा निर्देशनमा इच्छा छ कि छैन ?
त्योपनि छैन । अहिले नै सिनेमा निर्देशन गरौँ भन्ने लागेको छैन ।
कथा लेखनमा रुचि छ ?
त्योपनि छैन ।
विवाह कहिले गर्नु हुन्छ ?
त्यो त जुरेपछि गर्ने हो । माथिको आदेश के हुन्छ ।
ब्वाइफ्रेण्ड छ कि छैन ?
अब चाहिँ बनाउनु पर्ला । अहिलेसम्म सिंगल नै छु ।
घुम्न काहाँ–कहाँ जानु भएको छ ?
नेपालभित्र सबै ठाउँ पुगेको छु । नगएको भनेको थोरै ठाउँ होला ।






















प्रतिक्रिया