बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

न्युजिल्यान्ड फाइनलमा, भारतको यात्रा टुङ्गियो

दैनिक नेपाल २०७६ असार २५ गते २०:२६


काठमाडाैँ, २५ असार । भारतलाई उछिन्दै न्युजिल्यान्ड आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड फाइनलको यात्रा सुरक्षित बनाएको हो ।

म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो ।

भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे । उनले ५९ बलमा ४ चौका र ४ छक्का हिर्काए । उनले महेन्द्रसिंह धोनीसँग सातौं विकेटका लागि ११६ रनको साझेदारी गरे । जडेजा ४८ ओभरको पाँचौ बलमा आउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।

४९ ओभरको तेस्रो बलमा महेन्द्रसिंह धोनी ५० रनमा रनआउट भए । त्यसपछि न्युजिल्यान्ड खेलमा हाबी देखिएको थियो । २ रन लिने क्रममा धोनीलाई न्युजिल्यान्डका मार्टिन गुपटिलले डाइरेक्ट हिटमार्फत रनआउट गरेका थिए ।

भारतका ओपनरद्वय लोकेश राहुल र रोहित शर्मा १ १ रनको झिनो स्कोरमा आउट भएका थिए। कप्तान विराट कोहली पनि १ रनमै पेभिलियन फर्केका भारत सुरुवातमै दबाबमा परेको थियो ।
दिनेश कार्तिक पनि ६ रनमा आउट भएपछि भारतले ९ ओभरमा २४ रन जोड्दा महत्वपूर्ण ४ विकेट गुमाएको थियो। त्यसपछि मैदान आएका रिशव पन्त र हार्दिक पाण्ड्याले ३२ ३२ रन जोडेपछि भारतलाई राहत मिलेको थियो।

बलिङमा न्युजिल्यान्डका माट हेरनीले ३ विकेट लिए। उनले १० ओभरमा ३७ रन दिए। ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले २/२ विकेट लिए। लकी फर्ग्युसन र जेम्स निसम १/१ विकेट लिए।

त्यससअघि बुधबार ४६.१ ओभरबाट ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाएर २३९ रन जोड्यो। न्युजिल्यान्डले बुधबार ३.१ ओभरमा २९ रन जोड्दा थप ३ विकेट गुमायो।

म्यानचेस्टरमा मंगलबार टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २११ रन बनाएर खेलिरहदा वर्षा भएको थियो। त्यसपछि बुधबारका लागि खेल स्थगित गरिएको थियो।

मंगलबार ६७ रन बनाएर खेलिरहेका रोश टेलर थप ७ रन जोड्दा रनआउट भए। उनले ७४ रन जोड्ने क्रममा ९० बलमा ३ चौका र १ छक्का हिर्काए।

मंगलबार टम लाथम ३ रन बनाएर खेलिरहेका थिए। उनी थप ३ रन जोडेर आउट हुने क्रममा १० रनमा आउट भए। मिचेल सान्टनरले नटआउट १० रन जोडे।

त्यसअघि ओपनर मार्टिन गुपटिल १ रनमै आउट भएका थिए। हेनरी निकोल्सले ५१ बलमा २७ रन ज । कप्तान केन विलियमसनले ९५ बलमा ६ चौकाको मद्दतमा ६७ रनको योगदान दिए।

जेम्स निसम १२ रन र कोलिन डे ग्रान्डहोम १६ रन जोडेर आउट भए।

भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए। पहिलो दिन १ विकेट लिएका भारतका भुवनेश्वरले बुधबार २ विकेट हात पारे।

बलिङमा भारतका चार बलरले १/१ विकेट लिए। जसप्रित बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र युजभेन्द्र चाहलले १/१ विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित