बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

पति छविराज ओझाविरुद्ध उजुरी हालेकी पोखरेल रौनियारको शरणमा

दैनिक नेपाल २०७६ असार २५ गते १५:१९

काठमाडौं । प्रहरीमा पति छविराज ओझाले हिंसा गरेको भन्दै शान्ति सुरक्षा माग गरी उजुरी हालेकी अभिनेत्री शिल्पा पोखरेल फिल्म निर्देशक सम्झना रौनियारको शरणमा रहेको खुलेको छ ।

केही दिन अघि मात्र अभिनेत्री करिश्मा मानन्धर एसएलसी पास भएको उपलक्ष्यमा दिइएको पार्टीमा देखिएकी पोखरेलले १७ दिन अघि ओझाको घर छाडेकी थिइन् ।

सामान्य विवादका क्रममा घर छाडेर हिँडेकी र अहिलेसम्म नफर्किएको बयान ओझाले दिएका छन् । उनले भनाभन भएका आधारमा नै हिँडेको आफूले एक थप्पड पनि नलगाएको बताउँदै आएका छन् । यति मात्र हैन उजुरी परेको कारणले आफू अचम्मित पनि भएको उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित