बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

गायिका ‘विभेद’मा परेकी एउटा हिट लोक गीत

दैनिक नेपाल २०७६ असार २५ गते १५:०२

काठमाडौं । ‘जब सालको पात’ भन्ने बोलको गीतले युट्युवमा उधुम मच्चाउन थाल्यो, मोडलको औसत चर्चा भयो । तर, खोजी भयो गायिका विष्णु माझीको । यो गीतले विश्वबजार पिट्नासाथ माझीलाई मिडियाले खोज्न थाल्यो ।

गुमनाम रहेकी माझी मिडिया हुँदै अनेक प्रकारका विषयबस्तुको घेराबन्दीमा परेपछि स्याङ्जा प्रहरीसम्म पुग्नु परेको थियो । यसले माझीको क्रेजलाई अझ रोचक बनायो । संगीतमा कहाँ विभेद हुन्छ र भन्ने असाधारण उत्तर दिएको ठानियो ।

तर, त्यो उत्तर गलत सावित हुनेगरी अर्को परिघटना देखिन्छ । केही समयअघि चर्चा र विवादमा रहेको प्रकाश सपूतको हिट गीत गलबन्दी रिलिजपछिको चर्चा र घटनाक्रम यसको उदाहरण हो ।

यो गीत हिट भयो । गायक तथा मोडल हिट भए । तर, विभेद भयो गायिकामाथि । गायिका गुमनाम त हुन परेन तर नाम भएर पनि बेनामजस्तो बनायो, मिडियाले । र, परिस्थितिले पनि । हिट भइन्, मोडल ।

गीतले युट्युवमा जति ‘ट्रेन्डिङ’ पायो यसले कथा र अभिनयलाई मात्र भेदमा राख्यो, स्वरलाई विभेदको कसीमा उभ्यायो ।

प्रकाश सपूत आफैं मोडल भएका कारणले मिडियामा उनको चर्चा हुनु स्वभाविक थियो तर विभेदमो शिकारमा परिन्, गायिका शान्ती श्री परियार, जसलाई एकाध मिडियाबाहेकले खासै कभरेज गरेनन् ।

यो म्युजिक भिडियोमा अभिनय गरेकै कारण मोडल अञ्जली अधिकारीको व्यापार बढायो । उनले त्यसअघि नपाएको चर्चा पाइन् ।

फगत समाचार बनाउँदै ट्रेन्डिङमा पार्न थालियो । युट्युवमा अधिकारीको समय माग्ने कम भएनन् । अञ्जलीको अभिनय मात्र होइन अब उनले फेसबुकमा राखेका वा इन्स्टामा हालेका विल्कुल निजी तस्बिरहरूमाथि पनि पेन्टिङ गरिएका हेडलाइन बन्न थाले– ‘लजालु अञ्जलीको बोल्ड अवतार’, ‘गलबन्दीकी अञ्जलीको अर्को लोभलाग्दो म्युजिक भिडियो’, ‘बहराइनमा अञ्जलीको पछ्यौरी च्यातियो, यस्तै यस्तै !

यो विभेद कुनै सामाजिकचाहिँ देखिएन तर प्रचारात्मक पुष्टि भयो । यस गीतको लय चोरियो भन्ने विषयमा गायक शम्भु राईले निकालेको बखेडामा एउटा सहमति त भयो । तर, त्यसअघि चलेको बहसमा गायक सपूतसँग परियारको पनि आवाज आएन । बरु, अधिकारीलाई यस विषयमा अनेकथरी प्रश्न गरियो, जसको सैद्धान्तिक जवाफ उनीसँग थिएन ।

प्रतिक्रिया
सम्बन्धित