काठमाडाैं, २५ असार । आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ ।
मोबाइल एपमा डिल्स भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउनुहुने महानुभावहरूले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सकिनेछ ।
काठमाडौं र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ ।















प्रतिक्रिया