बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

वासिङ्गटन डिसी डुबानमा, पानीको सतह छ सात फिटमाथि

दैनिक नेपाल २०७६ असार २४ गते १५:२५

काठमाडौँ, २४ असार । अमेरिकाको राजधानी वासिङ्गटन डिसी भीषण वर्षाको कारण डुबानमा परेको छ । गएराति आएको बाढीका कारण ह्वाइट हाउससँगै विभिन्न क्षेत्रहरु प्रभावित भएका छन् ।

ह्वाइट हाउसमा रहेका ऐतिहासिक अभिलेख, दस्तावेज, घोषणापत्र, संविधान जस्ता महत्वपूर्ण दस्तावेजहरू भने सुरक्षित भएको अधिकारीले बताए ।

ह्वाइट हाउसको वेस्ट विङ्गको बेसमेन्टमा भेल पसेको जनाइएको छ । यस्तै, सहरका बाटोहरुमा पानी पानी भएका थिए, वरपरका खुला ठाउँहरु डुबानमा परेका थिए ।

राजधानीमा पानीको सतह ६/७ फिटमाथि आएको बताइएको छ । कारलाई भन्दा पानी सतह पुग्न लागेपछि ज्यान बचाउन कतिपय कारमाथि बसेको पनि देखिन्थ्यो ।

त्यस्तै, अण्डरपासमा भने २०० मिटरसम्म पानी आएको बताइएको छ । भूमिगत रेलमार्गहरू पनि डुबानको स्थिति सृजना भएको थियो ।

अचानक शहरमा बाढी पसेपछि नेसनल वेदेर सर्भिसले ठूलो बाढी आउन सक्ने अनुमान गरेको छ । बाढी पसेको क्षेत्रमा सर्वसाधारणहरूलाई आवतजावत नगर्न र सचेत रहन समेत आग्रह गरिएको छ । –एजेन्सी

प्रतिक्रिया
सम्बन्धित