बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

बेलायतीय राजदूतसँग रिसाए डाेनाल्ड ट्रम्प

दैनिक नेपाल २०७६ असार २४ गते १०:३०

न्युयाेर्क, २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्गटन डिसीमा रहेका बेलायती राजदूत सर किम डारेकसँग कुनै सम्बन्ध वा संवाद कायम गर्ने बताएका छन् ।

राजदूत सर किम डारेकका केही इमेल आइतबार सार्वजनिक भएका थिए ।

ती इमेलमा उनले ट्रम्प प्रशासनलाई अयोग्य र कुशलता बिहीन बताएका थिए । यसबाट अमेरिकी राष्ट्रपति ट्रम्प आक्रोशित भएका हुन् । अमेरिकामा सर किमलाई सकैले नरुचाउने बताएका हुन् । उनले सही तरिकाले बेलायतको सेवा नगरेको पनि आरोप लगाएका छन् ।

तर बेलायती प्रधानमन्त्री टेरिजा मे ले भने सर किमप्रति आफूलाई पूर्ण विश्वास रहेको बताएकी छन् । तर सर किमसँग सहमत भने नरहेको स्पष्ट पारिएको छ ।

प्रधानमन्त्री मेका प्रवक्ताले सार्वजनिक भएको इमेल पूर्णरुपले अस्वीकार्य रहेको बताएका छन् । उत्पन्न परिवेशबारे छलफल गर्न प्रधानमन्त्री कार्यालयले ह्वाइट हाउसमा सम्पर्क गरेको पनि बताइएको छ ।

तर टेरिजा मे ले राजदूत सर किमलाई साथ दिएपछि ट्रम्प उनीप्रति पनि रुष्ट भएका छन् । ट्रम्पले शृङ्खलाबद्ध ट्वीट गरेर ब्रेक्सिटका सम्बन्धमा मे असफल रहेको पनि बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित