बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

शाहरूखकी छोरी सुहाना फिल्म खेल्ने

दैनिक नेपाल २०७६ असार २४ गते ८:४७

मुम्बई । बलिउड अभिनेता शाहरूख खानकी छोरी सुहाना खान चाँडै नै बलिउडमा प्रवेश गर्ने चर्चा छ । अहिले नै सुहानाका फ्यानको संख्या लाखौँ छ ।

उनका तस्बिर सार्वजनिक हुनासाथ सामाजिक सञ्जालमा लाइक र कमेन्टको ओइरो लाग्छ ।

अहिले अर्को प्रसंगले उनी चर्चामा आएकी छिन् । उनले भर्खरै आफ्नो ग्य्राजुएसन पूरा गरिन् । यसपछि सुहानो आफ्ना साथीमाझ पार्टी गरिरहेको तस्बिर सार्वजनिक भयो ।

शाहरूखले ट्विटरमा सुहानासँगको आफ्नो तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘भलै स्कुल त सकिएको छ, तर जिन्दगीको पढाइ कहिल्यै सकिँदैन र कहिल्यै सकिनु पनि हुन्न । सधैँ केही न केही सिक्दै जानुपर्छ ।’ एजेन्सी

प्रतिक्रिया
सम्बन्धित