बुधबार, ८ साउन २०७६
DainikNepal.com
बुधबार, ८ साउन २०७६

बालुवाटारमा बस्याे मन्त्रिपरिषदकाे बैठक, महत्वपूर्ण निर्णय हुँदै

दैनिक नेपाल २०७६ असार २४ गते ८:२२

काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मंगलबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरु बालुवाटार पुगेका छन् ।

बैठक केही बेर अघिबाट सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रिपति विद्यादेवि भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहानै आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकका अजेन्डा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ । यसअघि सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित