४ कार्तिक २०८३, बुधबार

प्रस्तावित राजदूतकाे संसदीय सुनुवाइ : वंशीधर मिश्रको सकियो, बाँकीको ३ बजेपछि

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ, २३ असार । संसदीय सुनुवाइ विशेष समितिमा बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रको सुनुवाइ सकिएको छ ।

बैठकमा  मिश्रले आफूले बंगलादेशको कनेक्टिभिटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवर्द्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने उनको योजना छ ।

मिश्रको सुनुवाई गरिएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।