काठमाडौं, २३ असार । काठमाडौंको बालाजु माछापोखरीमा माउन्ट एभरेष्ट ट्रेडिङ कन्सर्न खुलेको छ ।
कन्सर्नमा गाडीका सम्पूर्ण बडी पार्टसहरू पाइन्छ । राईजिङ स्टार ट्रेडिङ कन्सर्न जडीबुटीको शाखाका रुपमा माछापोखरी बालाजुमा माउन्ट एभरेष्ट ट्रेडिङ कन्र्सन खुलेको हो ।
ट्रेडिङ कन्सर्नका सञ्चालक विपिन थापाका अनुसार गाडीका सम्पूर्ण बडीका लेटेस्ट पार्टसहरू राखिएका छन् ।
हेडलाइट, ब्याक लाइट, फ्यान, एसी लाइट, अटो डोर हाइड्रोलिक, भेन्टिलेसन, वाइपर मोटर, एयर सस्पेन्सन, गाडीकाे डेकाेरेशन सहितका सम्पूर्ण पार्टस राखिएको थापाले बताए ।
‘म बस व्यवसायी पनि हुँ । लक्जरी बसहरू आइरहेका छन्’, उनले भने, ‘लक्जरी बसका बडी पार्टसहरू जहाँ त्यही सजिलै पाइँदैन । सोही कारण मैले यो व्यवसाय शुरू गरेको हुँ ।’
बडी पार्टसहरूमा थोरै प्रतिशत मुनाफा राखेर उपभाक्ताहरूलाई पार्टसहरू बिक्री गर्ने गरेको उनले बताएका छन् ।















प्रतिक्रिया