
काठमाडाैँ, २३ असार । गायिका एवम् सञ्चारकर्मी सिर्जना थापा खनालले तीज गीत ‘केल्ले मलाई सुहायो’ बजारमा ल्याएकी छन् ।
आफ्नै शब्द, संगीत र स्वर रहेको सिर्जनाको गीतमा कुनै तडकभडक छैन, सामान्य गाउँकाे परिवेश र माैलिकपन समावेश गरिएको छ ।
गीतको म्युजिक भिडियोलाई उदिराम खड्काले निर्देशन गरेका छन् भने भिडियोमा बिन्दु खड्का र सुमित्रा तामाङले अभिनय गरेका छन् ।
भिडियोमा मिराज अर्यालको छायाङ्कन र विबेक खड्काको सम्पादन रहेको छ भने गीतको एरेन्जर तेजेन्द्र गुरूङले गरेका छन् ।
हेर्नुहाेस् भिडियो
https://youtu.be/w-LSG1le9l8















प्रतिक्रिया