लण्डन, २३ असार । ग्रिसमा मध्य–दक्षिणपन्थी पार्टी सत्तामा आउने भएको छ । आम चुनावमा मध्य–दक्षिणपन्थी पार्टी न्यु डेमोक्रेसी विजयी भएको हो । अधिकांश मत गणना भइसक्दा प्रधानमन्त्री एलेक्सिस तिप्रासले हार स्वीकार गरेका छन् ।
किरियाकोस मित्सोताकिस नेतृत्वको न्यु डेमोक्रेसीले ३९.८ प्रतिशत मत पाएको छ । प्रधानमन्त्री वामपन्थी पार्टीले ३१.६ प्रतिशत मत पाएको छ ।
अहिलेसम्म ८८ प्रतिशत जिल्लाको मत परिणाम आएको र न्यु डेमोक्रेसीले बहुमत प्राप्त गर्ने देखिएको छ ।















प्रतिक्रिया