बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

तीज गीत ‘धुलो जमिन’ रिलिज

दैनिक नेपाल २०७६ असार २२ गते ११:०२

काठमाडाैं । ‘धुलो जमिन’बोलको तीज गीत सार्वजनिक भएको छ । म्युजिक कम्पनी जनता डिजिटल एण्ड फिल्मसको ब्यानरमा तयार गरिएको उक्त गी शुक्रबार रिलिज भएकाे हाे ।

गायक विष्णु बराल र गायिका विष्णु शेर्पालीको स्वर रहेको गीतमा वासुदेव पोखरेलको शब्द रहेका छन् । लय पवन परियारले गरेका हुन् ।

गीतमा हेमन्त शिशिरको संगीत संयोजन रहेकाे छ । गीतमा विहे गर्ने उमेर पुगेकी युवतीको भाव ब्यक्त गरिएको छ ।

मोडल किशोर खत्री, बिष्णु ढकाल र निर्मला जिसी लगायतले गीतको भिडियोमा अभिनय गरेका छन् ।

सिर्जन बरालको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई दीपक गिरीले छायाँकन गरेका छन् । गीतको भिडियो आकर्षक देखिएको छ ।

अमृत चापागाइँको सम्पादन रहेको भिडियोलाई जनता डिजिटल युटुबबाट सार्बजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित