१८ कार्तिक २०८३, बुधबार

प्रदर्शनीमा पाँच लाख रुपैँयाकाे पुस्तक बिक्री

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २० असार । नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा करीब रु पाँच लाखको बिक्री भएको छ ।

यही असार ८ देखि २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा प्रतिष्ठानले विभिन्न समयमा प्रकाशित गरेका कृति तथा पत्रपत्रिका समेत गरी करीब ४०० कृति बिक्रीका लागि राखिएको हो । प्रदर्शनीमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

नेपालका विभिन्न जाति, संस्कृतिका इतिहास, परम्परा तथा संस्कारकाबारे प्रतिष्ठानले प्रकाशित गरेका कृतिका साथै स्वदेशी साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी, हिन्दी भाषामा तथा विदेशीका कृतिलाई नेपालीमा अनुवाद गरी प्रदर्शनीमा राखिएका छन् । प्रतिष्ठानको शुरुवातदेखि विसं २०६७ सम्मका कृतिलाई ६० प्रतिशत र ०६८ देखि हालसम्मका प्रकाशित कृतिमा ४० प्रतिशत छुट गरिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० का कृति बिक्री भएका जनाइएको छ । प्रतिष्ठानले वार्षिकोत्सवका साथै राष्ट्रिय महत्वका विभिन्न कार्यक्रमका, ठूला साहित्यकारको स्मृतिमा समेत यस किसिमका प्रदर्शनी गर्दै आएको छ । –रासस