१८ कार्तिक २०८३, बुधबार

नदीले बगाउँदा बालिका बेपत्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लमजुङ, २० असार । मस्र्याङ्दी नदीले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् । नदीले बगाउँदा सुन्दरबजार नगरपालिका–९ बेलघारीकी सात वर्षीया रीतु गुरुङ आज बेपत्ता भएकी हुन् ।

नदी छेउमा खेलिरहेको अवस्थामा बहिनीको चप्पल बगाएको थियो । बगाएको चप्पल लिन जाने क्रममा गुरुङलाई नदीले बगाएको प्रहरी निरीक्षक वसन्त पाण्डेले जानकारी दिनुभयो । प्रहरीले उनको खोजी गरिरहेको छ । बेपत्ता बालिका दोर्दी गाउँपालिका–१ बेलघारीस्थित रत्न प्राविमा कक्षा ३ मा अध्ययनरत थिइन् । –रासस