४ कार्तिक २०८३, बुधबार

सिंगापुरविरुद्ध नेपालकाे फराकिलो जीत

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असार । यु १९ एसिया कप छनोट क्रिकेटमा नेपालले सिंगापुरविरुद्ध २ सय १७ रनको फराकिलो जीत हासिल गरेको छ ।
नेपालको तर्फबाट ३ सय २७ रनको लक्ष्य पाएको सिंगापुर ३९.१ ओभरमा १ सय ९ रनमा अलआउट भएको हो ।

खेलमा नेपालका लागि कुशल मल्लले चार विकेट लिए । त्यसैगरी तिलक राज भण्डारीले दुई साथै सागर ढकाल र रसिद खानले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर खेल्दै ३ सय २६ रन बनाएको थियो ।

नेपालका लागि रित गौतमले १३७ बलमा ११५ रन, पवन सर्राफले ४१ बलमा ४५ रन, खडक बहादुर बोहराले ९० बलमा ९० रन सातै कुशल मल्लले २३ बलमा ५१ रन बनाएका थिए ।

यसअघि बुधबार पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । योसँगै समूहको शीर्ष स्थानमा रहेको नेपालले अर्को समूहको उपविजेतासँग सेमीफाइनल खेल्नेछ ।

समूह बी मा मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन् । प्रतियोगिताको विजेताले अगस्ट २८ देखि श्रीलंकामा हुने यु १९ एसिया कप खेल्न पाउने छ ।