१८ कार्तिक २०८३, बुधबार

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते 

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 
मुग्लिन, २० असार  । चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीका अनुसार घाइते र मृतक दुवैको परिचय खुलेको छैन ।

अहिले नदी किनारबाट मृतकको शवलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । थप विवरण आउन बाँकी छ । –रासस