काठमाडौं, २० असार । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत धनगढी उप–महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई एक लाख एकाउन्न हजार एक सय एघार रुपियाँको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ ।
जेठ २३ गते आएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकाका १९ वटै वडाहरूमा करोडाैंको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करीव ४ हजार ७ सय २४ घरधुरीहरू प्रभावित भएका थिए ।
बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि ऐरले उक्त चेक धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरेका छन ।















प्रतिक्रिया