काठमाडौं, २० असार । एन आई सी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्टिच्युट, प्रा.लि. बसुन्धरा, काठमाडौंबीच बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा २० प्रतिशतसम्मको छुट दिने सहमति भएको छ ।
बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।















प्रतिक्रिया