४ कार्तिक २०८३, बुधबार

लक्ष्मी बैंकको ११० औँ शाखा पोखराको अमरसिंह चोकमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो ११० औँ शाखा पोखराको अमरसिंह चोकमा संचालनमा ल्याएकोे छ ।

शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा ११० शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ एटीएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको छ । गण्डकी प्रदेशमा मात्र बैंकको शाखा संख्या ११ पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमालगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

यी शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।