
काठमाडौँको, १९ असार । काठमाडौँको चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामानसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानोसिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप,रामेछाप नगरपालिका-५ घर भएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन् ।
नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर १ थान, चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर रयाताया तव्यवस्था विभागको नगदी रसिदसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।












प्रतिक्रिया