१८ कार्तिक २०८३, बुधबार

स्कुटर चोरी लैजाँदै गरेको अवस्थामा ३ जना पक्राउ 

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । ठमेलस्थित हिमालयन बैंक अगाडि पार्किङबाटबाट स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम, ईलाम नगरपालिका-४ घर भएका २३ वर्षीय अरुण श्रेष्ठ, काठमाडौं नयाँबानेश्वर बस्ने संखुवासभा खाँदबारीनगरपालिका-१२ घर भएका धिरेन कटुवाल र काठमाडौं महानगरपालिका-३२ तिनकुनेबस्ने २१ वर्षीय अनुप तिवारी रहेका छन् ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई ८७ प २३१३ नम्बरको स्कुटर चोरी गरी लैजान लागेको अवस्थामा फेला पारी बिहीबार बिहान पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।