१ कार्तिक २०८३, आइतबार

तालिबान लडाकूद्वारा एक जिल्ला कब्जा

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अफगानिस्तान, १८ असार । अफगानिस्तानमा हत्या हिंसा जारी राखेका तालिबानहरुले अफगानिस्तानको एक उत्तरी जिल्ला कब्जा गरेका छन् ।उनीहरुले मङ्गलबार बिहान उत्तरी अफगानिस्तानको उत्तरी क्वास टेपा जिल्ला कब्जा गरेको घोषणा गरेका थिए ।

जवाजान प्रान्तको सो जिल्ला आफूहरुले कब्जा गरेको उनीहरुले घोषणा गरेका थिए । उक्त समाचारको सो प्रान्तका प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले पुष्टि गर्नुभएको छ ।

उनीहरुले केही दिन यतादेखि सो जिल्ला कब्जाका लागि हमलाहरु गर्दैै आएका थिए । मङ्गलबार बिहान जिल्ला कब्जा गरेको बताएका छन् ।
यस विषयमा थप जानकारी केही दिइएको छैन । तर उता सरकारी अधिकारीहरुले भने आगामी केही दिनमा नै आफूहरुले तालिबानका विरुद्ध थप आक्रामक कारबाही गरी सो जिल्ला फिर्ता ल्याउने बताएका छन् ।

प्रान्तीय गभर्नर लट्फुल्लाह अजिजीले भन्नुभयो– अफगान राष्ट्रिय सेनाले यस विषयमा गृहकार्य गर्नेछ र केही दिनमै उनीहरुको कब्जाबाट जिल्ला फिर्ता ल्याउने छ । –रासस