४ कार्तिक २०८३, बुधबार

हावाहुरी पीडितको पुनर्स्थापनाका लागि एनआईसी एशिया बैंकद्वारा सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैंक लिमिटेडले गएको जेठ २३ गते हावाहुरीबाट पीडित कैलाली र कञ्चनपुरका स्थानीयका लागि सहयोग हस्तान्तरण गरेको ।

बैंले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरे ।

यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले व्यक्त गरे ।

एनआईसी एशिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकका देशभर २८५ शाखा कार्यालयहरु, २९५ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३७ वटा शाखारहित बैैकिङ ईकाईहरु रहेका छन् ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको नायव प्रमुख सूचना अधिकृत अर्जुनराजज खनियाले बताए ।