मुम्बइ । बलिउड फिल्म ‘दंगल’बाट चर्चित बनेकी बाल कलाकार अभिनेत्री जायरा वसिमले आफ्नो बलिउड यात्राको अन्त्य गरेकी छन् ।
उनले फेसबुकमा एक लामो पोष्ट गरेर धर्म र अल्लाहका लागि आफूले यो निर्णय गरेको जानकारी दिएकी हुन् । अचानक जायराले अभिनय यात्रा छोड्ने निर्णय सार्वजनिक गर्दा धेरै अचम्मित भएका छन् ।
जायरा वसिम
पाँच वर्ष पहिले मैले एउटा निर्णय लिएकी थिएँ, जसमा सधैँको लागि मेरो जीवन बदलिएको थियो। मैले बलिउडमा पाइला राखेँ र यसबाट मलाई अपार लोकप्रियताको लागि ढोका खुल्यो । म दर्शकको लागि आकर्षणको केन्द्र बन्न थालेँ। मेरो सफलतालाई यसरी प्रस्तुत गरियोकी मलाई युवाहरुको लागि रोल मोडल मान्न थालियो ।
म कहिल्यै पनि यस्तो गर्न चाहँदैनथेँ र यस्तो बन्न चाहँदैनथेँ। खास गरेर सफलता र असफलतालाई लिएर मेरो विचार यस्तो थिएन, जसलाई मैले खोज्न र बुझ्न सुरु गरेकी थिएँ ।
आज जब मैले बलिउडमा पाँच वर्ष पूरा गरेँ तब म यो कुरा स्वीकार गर्न चाहन्छु यो पहिचानका साथ, अर्थात म आफ्नो कामसँग वास्तवमा खुसी छैन। लामो समयदेखि म यो महशुस गरिरहेकी छु कि मैले केही अरुनै बन्नको लागि संघर्ष गरीरहेकी छु ।
मैले त्यो चिजलाई खोज्न र बुझ्न सुरु गरे जुन चिजको लागि मैले आफ्नो समय, प्रयास र भावनालाई समर्पित गरेकी हुँ। यो नयाँ जीवनशैलीलाई बुझ्दै गर्दा मलाई महशुस भयो कि भलै म यो संसारमा ठीक तरिकाले बसिरहेकी छु तर म यो संसारको लागि बनेकी हैन ।
यो क्षेत्रले मलाई धेरै माया, सहयोग र तारिफ गरेको छ तर यसले मलाई भ्रमतर्फ पनि लगिरहेको छ। म चुपचाप र नजानेर आफ्नो इमानभन्दा बाहिर निस्केकी छु ।
मैले यस्ताे माहोलमा कामलाई निरन्तरता दिएँ, जसले लगातार मेरो इमानमा दख्खलअन्दाज गरेर धर्मसँगैकाे मेरो बाटो खतरामा आएको छ। मैले बेवास्ता गर्दै अगाडि बढिरहेँ र आफूले आफैलाई आस्वस्थ पारिरहेँ की म जे गरीरहेकी छु, ठीक छ र यसले मलाई केही फरक पारेको छैन। मैले आफ्नो जीवनको सबै क्षमतालाई गुमाए ।















प्रतिक्रिया