४ कार्तिक २०८३, बुधबार

ज्योतिको आङमा हिलो !

12.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १५ असार रोपाई दिवसका रूपमा मनाउने गरिएको छ । यस दिवसका अवसरमा सरकारी संयन्त्रदेखि कलाकारसम्म हिलोमा छिर्छन् । असारमा रोपेर मंसिरमा धान भित्राउने पुरानै चलन हो । तर केही बर्षयता यस दिन आफूलाई हिलोमा उतारेर एक्स्पोज गर्ने चलन पनि चलेको छ ।

सँधैको बर्षझैं गायिका ज्योती मगर यस पटक पनि रोपाईका लागि हिलोमा छिरिन् । उनका रोपाई तस्बिर भाइरल पनि भएका छन् । किनकी, सेक्सी पहिरनमा ज्योतिले आङभरी हिलो छ्याप्न उद्दत भइन् । हुन त रोपाईका बेला हिलो छ्यापाछ्याप पनि गरिन्छ ।

ज्योति यसै पनि क्लिभेजका कारण चर्चामा आउने गरेकी थिइन् । उनले यो चर्चालाई निरन्तरता दिनका लागि रोपाई दिवसमा पनि सेक्सी अवतारमा आफूलाई निखारेको तस्बिर खिचाइन् ।