
काठमाडौं । बलिउड फिल्म ‘दंगल’ र ‘सेक्रेट सुपरस्टार’ जस्ता चलेका आमिर खानका फिल्ममा काम गरेकी चर्चित अभिनेत्री जायरा वसीमले बलिउडलाई अलविदा भनेकी छन् । फेसबुकमा एउटा लामो पोस्टमा उनले आफ्नो धर्म र अल्लाहका लागि यो निर्णय लिएको जनाएकी छन् ।
उनले लेखेकी छन्, ‘मैले बलिउडमा ५ बर्ष पूरा गरें । चर्चा पाएँ । युवाको केन्द्र पनि बनें । जुन म चहान्न थिएँ । मैले यस क्षेत्रमा समय विताए पनि यसका लागि बनेकी होइन । यो क्षेत्रले मलाई धेरै प्रेम, सहयोग र प्रशंशा दियो तर गुमराहको बाटोमा पनि ल्यायो । म नजानी मौन हिसाबले आफ्नो इमान भन्दा बाहिर आएँ ।’
उनले अगाडि लेखेकी छन्,‘मैले यस्तो महौलमा काम जारी राखें जसले लगातार मेरो इमानमा असर गर्यो । मेरो धर्म, मेरो नाता खतरामा आयो । मेले यो जारी राखें र मेरा जीवनका सबै चिजहरू गुमाउन थालें । त्यसैले अल्लाहको पथका लागि मैले यो क्षेत्र छाड्ने घोषणा गरेकी छु ।’















प्रतिक्रिया