४ कार्तिक २०८३, बुधबार

आईसीसी टी-ट्वान्टीका लागि नेपाली टोलीको घोषणा

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १५ असार । आईसीसी टी-ट्वान्टी एसिया फाइनल क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा १८ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो । १४ नियमित र ४ वैकल्पिक खेलाडी छनौट भएका छन् ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा अविनाश बोहोरा र पवन शरार्फले स्थान बनाएका छन् । नेपाली टोलीका नियमित सदस्यहरु बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितनारायण राजवंशी, प्रदिप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषावकर र सोमपाल कामी पनि छन् ।

कुशल भुर्तेल, जितेन्द्र मुखिया, सुशन भारी र आरिफ शेख बैकल्पिक खेलाडीमा छन् भने युवा क्रिकेटरहरु सन्दीप जोरा, भीम सार्की अटाएनन् ।

नेपाली टोली जुन ९ मा मलेसिया प्रस्तान गर्नेछन् । १३ र १४ मा मलेसियासँग टी–२० सिरिज खेलेर नेपाली टोली सिंगापुर जानेछ, जहाँ टी–२० विश्वकप एसिया फाइनलका खेलहरु हुनेछन् ।

यी हुन् टोलीमा परेका खेलाडीहरु :

१. पारस खड्का कप्तान
२. ज्ञानेन्द्र मल्ला उपकप्तान
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५. विनोद भण्डारी
६. सोमपाल कामी
७. करण केसी
८. प्रदीप ऐरि
९. सन्दीप लामिछाने
१०. दिपेन्द्र सिंह ऐरी
११. रोहित कुमार पौडेल
१२. ललित नारायण राजवंशी
१३. पवन सर्राफ
१४ अभिनाश बोहरा

वैकल्पिक खेलाडी
१. कुशल भुर्तेल
२. जितेन्द्र कुमार मुखिया
३. सुसान भारी
४ आरिफ शेख