१८ कार्तिक २०८३, बुधबार

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु   

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कास्की, १५ असार । कास्कीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।

तनहुँसँग सीमा जोडिएको पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारस्थित सेती नदीको किरानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार साँझ डुबेर तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकका ११ वर्षीय निञ्चल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो ।

केही दिनयता कोत्रेस्थित सानीआमाको घरमा बस्दै आएका उनी साथीसँग पौडी खेल्न गएका थिए । तीन साथी मिलेर पोखरीमा पौडी खेल्ने क्रममा डुबेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ ।

बालकको शव डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र गोताखोरले टोलीले साँझ ८ बजे पोखरीबाट निकालेको प्रहरीको भनाइ छ । –रासस