१ कार्तिक २०८३, आइतबार

महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा १४ जनाको मृत्यु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १४ असार । भारत महाराष्ट्रको पुणेमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोन्धवामा शनिबार बिहान लगातारको वर्षाका कारण पर्खाल भत्किएको हो । ६० फिट अग्लो पर्खालले सँगै जोडिएर रहेका झुपडी पुरिँदा ठूलो क्षति भएको छ ।

कम्तिमा दुईजना अझै भत्किएको ठाउँमा पुरिएको बताइएको छ । खोजी तथा उद्धारको काम जारी छ ।

घटनामा घाइते भएकाहरुको संख्या यकिन भएको छैन । दुईजनालाई सकुशल उद्धार गरिएको समाचार संस्था एएनआईले जनाएको छ । ज्यान गुमाउनेमा चारजना बालबालिका पनि छन् ।