१८ कार्तिक २०८३, बुधबार

बर्दियामा पत्नी हत्या गर्ने पति पक्राउ

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया , १४ असार । बर्दिया जिल्लाकाे मधुवन नगरपालिका–९ बस्ने ४५ वर्षीय पत्नी दिलमाया देशुवा मगरलाई बिहीबार कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केशरबहादुरले मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा दिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेको आरोपमा ५० वर्षीय केशरबहादुरलाई प्रहरीले पक्राउ गरेको हो । हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि शुक्रबार नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।

पीडित पक्षबाट आरोपितविरुद्ध आज उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।