
नवलपरासी, १३ असार । नेपाल पत्रकार महासंघको नवलपुर शाखा कार्यालयमा शुक्रबार तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंघ नवलपुर शाखाले आर्थिक पारदर्शिता गर्न नसकेको लगायतका माग राख्दै नवलपुरका पत्रकार संगठनहरु आन्दोलित भएका छन् । सोही क्रममा शुक्रबार महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो ।
प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज र वातावरण पत्रकार मञ्चले संयुक्त रुपमा नेपाल पत्रकार महासंघ नवलपुर विरुद्ध आन्दोलन थालेका छन् ।
उनीहरुले नेपाल पत्रकार महासंघ नवलपरासीको संयुक्त साधारण सभाले पास गर्न नसकेको आर्थिक प्रतिवेदन पुन: छलफलमा ल्याउनुपर्ने, नयाँ सदस्यता, सदस्यता शुद्धिकरण, सदस्यता शुल्क, आर्थिक पारदर्शिता लगायतको विषयमा नवलपुरमा रहेका पत्रकारहरुको पेशागत संगठनहरु सहितको कार्यदल बनाएर टुंग्याउनु पर्नेमा जोड दिएका छन् ।
यसअघि क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले लगाइदिएको ताला प्रहरी लगाएर फोडेको थियो ।












प्रतिक्रिया