१ कार्तिक २०८३, आइतबार

दलाई लामाले भने– ट्रम्पको नैतिकता छैन, मेरी उत्तराधिकारी महिला भए सुन्दर हुनुपर्छ

5.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असार । तिब्बतका निर्वासित नेता दलाई लामाले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् ।

भारतमा निर्वासित लामाले आफ्नो उत्तराधिकारी महिला भए आकर्षक र सुन्दर हुनुपर्ने बताएको बीबीसीले जनाएको छ ।

लामासँग बीबीसले गरेको अन्तरवार्ताका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पनि आलोचना गरेका छन् । उनले ट्रम्पको नैतिकता नभएको बयान दिएका छन् ।

‘ट्रम्पको मन बदलिरहेको हुन्छ, उनले विश्वको नीतिमा ध्यान दिनुपर्छ अमेरिका पहिलो नीतिभन्दा बाहिर आउनुपर्छ ।’

उनले आफू तिब्बत फर्किने आशा अझै बाँकी रहेको पनि उल्लेख गरेका छन् ।