४ कार्तिक २०८३, बुधबार

पत्रकार संगीत स्रोता र रसुवाली कवि पक्राउ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ११ असार । कवि तथा नयाँ पत्रिका दैनिकका पत्रकार संगीत स्रोता पक्राउ परेका छन् ।

आज दिउँसो प्रदर्शनीमार्गबाट पत्रकार तथा कवि संगीतलाई प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ पर्नुको कारण प्रहरीले खुलाएको छैन ।

आरआर क्याम्पस अगाडि सँगसँगै हिँडिरहेका बेला ‘केही कुरा गर्नुछ भन्दै’  लिएर गएको नयाँ पत्रिकाकै पत्रकार दीपक सापकोटाले  जानकारी दिए । ‘मास्क’ लगाएका आएका पोशाकधारी प्रहरीले पक्राउ गरेको सापकोटाले बताए ।

संगीतलाई सुरुमा महेन्द्र पुलिस क्लबभित्र लगेर राखिएको र त्यसपछि सिंहदरबार प्रहरी वृत्त पुर्‍याएको सापकोटाले बताए । प्रहरीले भने संगीतलाई पक्राउ नगरेको जनाएको छ । स्रोतका अनुसार उनलाई अर्कै मान्छे भनेर झुक्किएर पक्राउ गरेको बताइएको छ ।

आजै कवि रसुवाली कवि (ठाकुरप्रसाद तिम्सिना) लाई पनि प्रहरीले पक्राउ गरेको छ। रसुवालीलाई नेपाल ल क्याम्पस नजिकैबाट पक्राउ गरिएको हो ।

उनलाई यसअघि प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध रहेको आरोपमा पक्राउ गरेको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए।