४ कार्तिक २०८३, बुधबार

नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ११ असार । नेदरल्याण्ड्स फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । फ्रान्सको रिनमा भएको प्रिक्वार्टरफाइनलमा लिकी मार्टिन्सले दुई गोल गरेपछि नेदरल्याण्ड्सले जापानलाई २–१ ले हरायो ।

खेलको १७औं मिनेटमा मार्टिन्सले गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएकी थिइन् । ४३औं मिनेटमा युयी हासेगावाले गोल गर्दै जापानलाई खेलमा फर्काइन् ।

पहिलो हाफ एक-एककाे बराबरीमा राेकिए पनि दोस्रो हाफको अन्तिम समयमा डच टोलीले पेनाल्टी पायो । पेनाल्टीलाई पनि मार्टिन्सले नै गोलमा परिणत गरेपछि नेदरल्याण्ड्स अन्तिम आठमा पुग्न सफल भयो ।

क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले इटालीको सामना गर्नेछ । इटालीले चीनलाई २–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो ।

चीन प्रतियाेगिताबाट बाहिरियाे

इटालीसँग पराजित भएपछि चीन फिफा महिला विश्वकपको प्रि क्वाटरफाइनल चरणबाट बाहिरिएको छ ।

चीनले इटलीसँग २–० गोलको पराजय ब्यहोरेको हो । क्वार्टरफाइनलमा इटालीले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको १५ औं मिनेटमा भ्यालेन्टिना जियासिन्टीले गोल गरी इटलीलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा एक गोल गरेको इटलीले दोस्रो हाफको सुरुमै अर्को गोल गरेको हो । आउरोरा गाल्लीले आलिया गुआग्नीको पासमा गोल गरेकी हुन् । त्यसपछि गोल हुन सकेन र इटाली अन्तिम आठमा पुग्यो ।