४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ असार । प्रभु बैंक लिमिटेडले धादिङ्ग जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२, विशालनगरमा आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले आरुघाट शाखाको उद्घाटन गरेका हुन् ।

थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे । आरुघाट शाखा कार्यालयबाट आरुघाट क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताउँदै बैंकिङ पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

आरुघाट शाखा समेत गरी बैंकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको आरुघाट शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।