४ कार्तिक २०८३, बुधबार

खाडीमा काम सँगै गायनमा सक्रिय आरबी लामा

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । नुवाकोट किमताङ्गमा स्थाई घर भई साउदी अरबलाई कर्मथलो बनाएर आफनो साँगीतिक यात्रा शुरु गरेका गायक आरबी लामाले पछिल्लो समय आफनो भाषा तथा सँस्कृतिको रक्षा गर्दै गीत संगीतको क्षेत्रमा आफूलाई स्थापित गर्न लागि परेका छन् ।

तामाङ भाषाका विभिन्न ८ वटा र नेपाली भाषाका ३ वटा गीतहरु रेकर्ड गरिसकेका गायक लामाले ३ वटा तामाङ भाषाका गीतमात्र सार्वजनिक गरेका छन् । सार्वजनिक भएका गीतहरुबाट सोचे भन्दा बढी नै सकरात्मक प्रतिक्रिया पाएकोले पनि यस क्षेत्रमा लाग्न अझ उत्साह मिलेको उनको अनुभव छ ।

सार्वजनिक भएका सीम सीम लाबा, किम्ताङ्ग स्योङ, कोशिङ रो रो गीतहरु तामाङ्गभाषी हरुकाबीच अत्यधिक लोकप्रिय छन् । गाउँघरमा गुनगुनाइने भाका, सबैले बुझ्नसक्ने शैली, प्रियतम प्रियसीका बीचमा हुने विभिन्न रमाईला घटनामा आधारित शब्द, लय र सँगीतमा गीत तयार भएको हुनाले पनि छोटो समयमा के केटाकेटी, के बुढाबुढी, के युवायुवती सबैका सामु लोकप्रियता हाँसिल गरेको गायक लामाले बताउँछन् ।

सीमसीम लाबा अरु सबै गीतभन्दा पनि उत्कृष्ट रहेको गायक बताउँछन् । युवा अवस्थामा रसरंगमा रमाउने प्रेमजोडीहरुका प्रेममय भावहरुका बीचमा रहेका परिघटनामा आधारित गीत भएकोले पनि यो गीतको लोकप्रियता चुलिएको हो ।

गीतको म्युजिक भिडियोमा मिस तामाङ २०१८ कि फस्ट रनरअप रन्जिता लामा, म्हेन्दामायाका चर्चित मोडेल याङछु तामाङको अभिनय रहेको छ भने मेहेन्दोमायाकि चर्चित गायिका मिना लामाको शब्द/संगीत, राजु खडकाको एरेन्जिङ्ग रहेको छ ।

हेर्नुहोस् भिडियो :